नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई कारबाहीको माग गरेको छ।
मदिराको सनकमा स्तरहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै युवा संघले मेयर शाहलाई कारबाही गर्न माग गरेको हो। आफ्नै कमजोरीका कारण कर्मचारीहरूको तलब–भत्ता रोकिएको विषयलाई लिएर सनकमा आपत्तिजनक अभिव्यक्ति दिएको संघले जिकिर गरेको छ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ।’
