सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

बोआओ फोरमले मंगलबार जारी गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी वृद्धि दर) ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी ४.४ प्रतिशतले वृद्धि भएको थियो । 

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।  ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रयशक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी, एसियामा सन् २०२५ मा बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर ४.९६ प्रतिशतभन्दा कम हो 
 

सुझावित समाचार