कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रकचालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भई भरतपुर महानगरपालिका– २९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक दुवैजना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उनले बताए । 

ट्रकका सहचालक  रौतहटको गरुडा नगरपालिका– ५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार