बुद्ध एयरको प्रणाली ह्याक गरेर टिकट बिक्री गर्ने पक्राउ

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

बुद्ध एयरको टिकट बिक्री प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएको आरोपमा दुई युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका विकास भारती र गोरखाका बाबुराम अधिकारीलाई काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरेको हो। 

उनीहरूले बुद्ध एयरको सफ्टवेयर प्रणाली ह्याक गरेर टिकट बिक्री गरी हानी पुर्याएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। एसपी आचार्यका अनुसार उनीहरूले २० वटा टिकट बिक्री गरी त्यसको रकम आफ्नो खातामा हाल्न लगाएका थिए। आफूहरूलाई एक भारतीयले यस्तो ह्याकिङ सिकाएको उनीहरूले बताएका छन्। पक्राउ परेकाउपर प्रहरीले विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा कारबाही अघि बढाएको छ। 

सुझावित समाचार