मानुषी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटाैँ वार्षिक साधारण-सभा आइतबार सम्पन्न भएको छ। होटेल भ्यू भक्तपुर जगातीमा सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन्। सभामा सेयरधनीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले अर्को वर्ष लाभांश बाँड्न सक्ने अवस्थामा संस्थालाई पुर्याउन प्रतिबद्ध भएर काम गरेको बताइन्।

स्थापनाको ६ वर्ष पूरा गरेको संस्थाकोे गत आ.व.सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा छन्। १० करोड ९३ लाख ७५ हजार कित्ता सेयर पुँजी भएको संस्थाको जगेडा कोषमा चार करोड २३ लाख ३४ हजार ७३२ रुपैयाँ छ। 

संस्थाको प्रतिसेयर आम्दानी ७.२२ ले ऋणात्मक छ। अघिल्लो वर्ष ३८.२५ ले ऋणात्मक रहेकोमा समीक्षा अवधिमा उल्लेख्य सुधार भएको बताइएको छ। संस्थाले समीक्षा अवधिसम्ममा ३३ हजार ७१८ सदस्यहरूबाट ९८ करोड ७८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ।

सुझावित समाचार