शीर्ष नेताहरूको छलफल सुरु

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण
शीर्ष नेताहरूको छलफल सुरु

तस्बिर : प्रचण्डको सचिवालय

मुख्य तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि सुरु बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू सहभागी छन्।

बैठकमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी चयनमा सहमति जुटाउन पहल गरिने बताइएको छ। समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बताइएकाे छ।

बैठकमा गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरू शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञसल्लाहकार अग्नि खरेललगायत पनि सहभागी छन्।

सुझावित समाचार