विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको वाकाथन सम्पन्न

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले पानी दिवसको अवसरमा पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो।

विश्व पानी दिवसकाे अवसरमा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वबारे जनचेतना फैलाउनका लागि ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन कार्यक्रम आयोजना गरेको हो। पानीको दिगो व्यवस्थापन नगरे भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउन वाकाथन कार्यक्रम गरेको बैंकले जनाएको छ।

बैंकले आयोजना गरेको यस पाँच किलाेमिटर लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरीधारा हुँदै पुनः नक्साल पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवालाहरू गरी ६५६ जना व्यक्तिको सहभागिता रहेको बैंकले जनाएको छ।

कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्ने धारणा रााखे। उनले पृथ्वीको तापमान वृद्धिसँगै हिमनदी पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको उल्लेख गरे। यस वर्षको पानी दिवसको मूल एजेन्डा हिमनदी संरक्षण रहेको छ ।

सुझावित समाचार