काठमाडौंको चन्द्रागिरिमा १८ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको छ।
चन्द्रागिरि नगरपालिका– १२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद एक लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार आठ सय रुपैयाँबराबरको धनमाल आइतबार चोरी भएकाे प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।