‘जिरो बी’को शुद्ध पानी बजारमा

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

 ‘जिरो बी’ ब्रान्डको शुद्ध पानी नेपालमा सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबिच खानेपानीमन्त्री प्रदीप यादवले सो ब्रान्डको पानी सार्वजनिक गरे । कार्यक्रममा प्रमुख आर्किटेक्ट, होटेल व्यवसायी, उद्योगपतिलगायतको उपस्थिति थियो । योसँगै नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको कम्पनीले जनाएको छ । 

‘जिरो बी’ ब्रान्ड लोन एक्सचेन्ज इन्डियाको प्रमुख ब्रान्ड हो । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि यो ब्रान्ड परिचित छ ।

सुझावित समाचार