पौडेललाई ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

प्रेस चौतारी नेपालको सबैभन्दा ठुलो ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मातृका पौडेलले पाएका छन् । पौडेल नेपाल प्रेस अनलाइनका प्रधानसम्पादक हुन् । पुरस्कारको राशि ५१ हजार एक सय रुपैयाँ छ । ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ हेमन्त पौडेलले पाएका छन् ।

पुरस्कारको राशि पनि ५१ हजार एक सय रुपैयाँ नै छ । एमालेनिकट पत्रकारहरूको संगठन चौतारीको आइतबारदेखि विराटनगरमा सुरु भएको दसौँ अधिवेशनमा पुरस्कार वितरण गरिएको हो । एमाले महासचिव शंकर पोखरेलले पुरस्कार वितरण गरेका थिए । ‘डा. शान्ति पाण्डे राष्ट्रिय महिला पत्रकारिता पुरस्कार’ पत्रकार शान्ति गुरुङले पाएकी छिन् ।

‘वीरेन्दुकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकारद्वय लालबाबु शेख र रिमा सोमै, ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टपेन्द्र कार्की र मालती केसी, ‘सावित्रीदेवी–पद्मलक्ष्मीदेवी बस्नेत पुरस्कार’ उषा तामाङ र रोशनी कठेत, ‘चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार’ गार्डेन राई र हरीश चन्दलाई प्रदान गरिएको छ ।

सुझावित समाचार