तराईका फाँटमा स्ट्रबेरी खेती

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण

बाँकेको बैजनाथ गाउँपालिका– १, च्यामाका ४६ वर्षीय सर्पराज बस्नेतले ६ कट्ठामा लगाएको स्ट्रबेरी खेती । सामान्यतया चिसो मौसममा उत्पादन हुने स्ट्रबेरी पछिल्लो समय तराईका फाँटमा पनि उब्जनी हुन थालेको छ ।

बस्नेतले ६ लाख लगानी गरी नौ हजार बोट लगाएका छन् । खेती राम्रो भएकाले पहिलो सिजनमै ३०–३५ क्विन्टल स्ट्रबेरी बिक्री हुने र तीन लाख मुनाफा हुने उनको हिसाब छ । हालसम्म पाँच क्विन्टल बिक्री गरिसकेको जानकारी दिए । उनले भारतको हिमाचलबाट ल्याएको बिरुवा रोपेका हुन् । 

सुझावित समाचार