नेपाल बैंकको वार्षिक साधारणसभा

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

 नेपाल बैंकको ६५औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभा नेपाल एपिएफ क्लब, हलचोक, काठमाडौंमा सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बसेको सभाले गत आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको ०८१ असार मसान्तको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । यस वर्ष बैंकले लाभांशसम्बन्धी प्रस्ताव सभामा पेस गरेको थिएन । 

त्यस्तै, सभाले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष ०८१/८२ को लेखा परीक्षण गर्न तीनजना लेखा परीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको छ ।  

सुझावित समाचार