ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले दशकौँ पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश गरी उक्त क्यालेन्डर सार्वजनिक गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच क्यालेन्डर सार्वजनिक गरे । क्यालेन्डरमा दशकौँअघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बिर समावेश गरिएको छ ।
तस्बिरले समयको प्रवाहसँगै परिवर्तन भएको जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले विगतका वर्षमा क्यालेन्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषय प्रकाशन गर्ने गरेको स्मरण गराउँदै भने, ‘नेपालको सर्वांगीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । बैैंकले यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।’