चालू आर्थिक वर्ष ०८१÷८२ को पहिलो आठ महिनामा ११ खर्ब ४५ अर्बको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ११.२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १० खर्ब ३० अर्बको आयात भएको थियो ।
त्यस्तै, चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एक खर्ब मात्रै निर्यात भएको थियो । समीक्षा अवधिमा व्यापारघाटा ६.२२ प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा नौ खर्ब २९ अर्बको व्यापारघाटा पुगेकामा चालू आवको सोही अवधिमा नौ खर्ब ८७ अर्बको वस्तु निर्यात भएको छ । कुल वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेर १३ खर्ब तीन अर्ब पुगेको छ । सर्वाधिक आयात भारतबाट ६ खर्ब ८८ अर्बबराबरको भएको छ । भारततर्फ निर्यात भने एक खर्ब २५ अर्ब छ । यो अवधिमा भारतसँगको व्यापारघाटा पाँच खर्ब ६३ अर्ब छ । त्यस्तै, चीनबाट दुई खर्ब १९ अर्बको वस्तु आयात भएको छ भने वस्तु निर्यात दुई अर्ब १२ करोडको निर्यात भएको छ । चीनसँग नेपालले दुई खर्ब १७ अर्बको व्यापारघाटा व्यहोर्नुपरेको छ ।
सर्वाधिक आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने ग्यास छन् । बढी निर्यात हुनेमा भटमासको प्रशोधित तेल, सूर्यमुखी तेल, गलैँचा र अलैँची छन् ।
११%ले आयात र ५७%ले बढ्यो निर्यात
एउटै समूहसँग १० वटा ग्यास उद्योग
४ हप्ता अघि
सुझावित समाचार
म्याक्स टाइगरको दसैँ योजनामा तीनजनाले जिते बाइक र स्कुटर
काठमाडौं/ म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानमा तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्का…
वार्षिकोत्सव अवसरमा मञ्जुश्रीले गर्यो रक्तदान
काठमाडौं/ मञ्जुश्री फाइनान्स लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरेको छ । फाइनान्सले गत शनिबार निः…
जुम्लाका विद्यार्थीलाई सिटिजन्स बैंकले दियो न्यानो कपडा
काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका– ७, रिनीमा रहेको सरस्वती माविका तीन सय विद्य…
बढी शुल्क लिने १४ इन्टरनेट सेवाप्रदायक कारबाहीमा
ग्राहकलाई क्षतिपूर्ति दिन, स्वीकृत दररेटभन्दा बढी महसुल नलिन र नियमविपरीत प्याकेज बिक्री नगर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्द…
सुदूरपश्चिमको बजेट पारित, मंसिरमा पूरक बजेट ल्याइने
बजेटमाथि अध्ययन गर्न संसदीय समिति गठन, प्रतिपक्षी दलद्धारा बैठक बहिष्कार
ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम
काठमाडौँ/ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार &nb…