टिआरसीसम्बन्धी प्रश्नमा प्रधानमन्त्रीले भने– प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण
टिआरसीसम्बन्धी प्रश्नमा प्रधानमन्त्रीले भने– प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति र परिवारका सदस्यलाई न्याय दिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा माओवादी सांसद विमला सुवेदीले सोधेको टिआरसीसम्बन्धी प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग सम्पर्क नहुँदा काम अघि नबढेकाे बताए।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने, ‘यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु। तर, मैले पटक-पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाफ पाएको छु। उहाँसँग सम्पर्क हुनेबित्तिकै काम अगाडि बढाइनेछ।’
 

See More On

सुझावित समाचार