निर्वाचनकाे माग गर्दै ल क्याम्पसमा नेविसंघको रिले अनशन सुरु

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अघि बढाउन माग गर्दै रिले अनशन सुरु गरेको छ।

स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउने माग राख्दै नेविसंघले माग सम्बोधन नभएसम्मका लागि रिले अनशन सुरु गरेको हो।

एक अमुक संगठनको आन्तरिक विवादका कारण नेपाल ल क्याम्पसमा निर्वाचन अवरुद्ध भएको भन्दै नेविसंघले निर्वाचन सम्पन्न गराउन क्याम्पस प्रशासन र निर्वाचन समितिले कुनै संवाद गराउने वा नयाँ तालिका सार्वजनिक गर्ने विषयमा तदारुकता नदेखाएको जनाएको छ।

सुझावित समाचार