सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियन नेपालका रञ्जितकुमार यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
बुधबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार एक हजार २७२ मत खसेकोमा ३९३ मतसहित यादव विजयी भएका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी स्वतन्त्र उम्मेदवार विनयकुमार यादवले ३३२ मत प्राप्त गरे।
सचिवमा यादवकै प्यानलबाट मुकेशकुमार साह ३९५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका अजयकुमार यादवले ३३२ मत पाए।
कोषाध्यक्षमा ४१० मतसहित अखिल क्रान्तिकारीकी कञ्चनकुमारी ठाकुर निर्वाचित भएकी छिन्। उनले नेविसंघका मोहम्मद अब्जुर आलमलाई पराजित गरेकी हुन्। आलमले २९५ मत मात्र पाए।