म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघका क्षेत्री निर्वाचित

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री निर्वाचित भएका छन्। स्ववियु नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणामअनुसार नेविसंघबाट उम्मेदवार बनेका क्षेत्री २८८ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदको प्रतिस्पर्धी बनेका अनेरास्ववियुका दिनेश खत्रीले १९२ र अखिल (क्रान्तिकारी)का सन्दीप खत्रीले १७७ मत प्राप्त गरे । निर्वाचनबाट स्ववियु सचिवमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री र कोषाध्यक्षमा अस्मिता भण्डारी निर्वाचित भएका छन्। सदस्यहरूमा विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ र अविजित शाही निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

समानुपातिकतर्फ अनेरास्ववियुले २७७, नेविसंघले २४४, अखिल क्रान्तिकारीले १४२ र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) १० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिए। मंगलबार सम्पन्न निर्वाचनमा ८२४ मतदाता रहेकोमा जम्मा ६८६ मत खसेको थियो ।

सुझावित समाचार