सुनको मूल्य हालसम्मकै उच्च

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। हिजो सोमबार प्रतितोला  एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा  एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार दुई सय रूपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु. एक लाख ७४ हजार पाँच सय  कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला  दुई हजार ५० रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

See More On

सुझावित समाचार