हिमालयन ब्रोकरेज कम्पनी र आइटिसी ब्युटिपार्लर ट्रेनिङ सेन्टरबिच छुट सम्झौता भएको छ । ब्रोकरसम्बन्धी कार्यलाई गाउँ–गाउँसम्म विस्तार गर्ने लक्ष्यसहित सम्झौता भएको हो । सम्झौतापत्रमा ब्रोकरका सहायक महाप्रबन्धक रामचन्द्र रिमाल र ब्युटी सेन्टरकी संस्थापक शोभा अर्यालले हस्ताक्षर गरेका छन् ।
ब्युटिपार्लरबाट सेवा लिँदै आएका ग्राहकलाई हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिने सम्झौतापत्रमा उल्लेख छ । त्यस्तै, हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोलेका ग्राहकलाई ब्युटिसियनसम्बन्धी कोर्स तथा पार्लरसँग सम्बन्धित सेवामा ३० प्रतिशतसम्म छुट दिइने संस्थापक अर्यालले जानकारी दिइन् । हिमालयन ब्रोकरेजले सेयरसम्बन्धी सेवा गाउँ–गाउँमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
साथै, यसैसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी सेवा विस्तार गर्ने लक्ष्यअनुुसार नै दुई संस्थाबिच सम्झौता भएको बताइएको छ ।