नागरिक लगानी कोषको प्रभातफेरी

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

नागरिक लगानी कोषले ३५औँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले ४ चैतमा औपचारिक रूपमा ३५औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ ।

प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलगायत सम्पूर्ण कर्मचारीको सहभागिता थियो । 

कोष कार्यालयपरिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोषपरिसरमा आएर सम्पन्न भएको छ । कोषले विगतदेखि नै वार्षिकोत्सवको अवसर पारी विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

सुझावित समाचार