वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा एक खर्ब नाै अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ। एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो।
भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ। चालू आर्थिक वर्ष बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ। अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ।
वीरगन्ज भन्सारले चालू आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड,असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मंसिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो।
यसैगरी, पुसमा चालू आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो। रासस