शंखमूलमा इनारमा खसेका व्यक्तिको प्रहरीद्वारा उद्धार

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

इनारमा खसेका व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। शुक्रबार बिहान सवा नौ बजे काठमाडौं महानगरपालिका– १० शंखमूलबाट प्रहरीले सतिश शाहको उद्धार गरेको हो । 

विद्यापति मार्गस्थित उत्तम अर्यालको घरमा रेलिङ सफा गर्ने क्रममा इनारको ढकनी फुटेर कैलालीको धनगढी उपमहानरपालिका– ८ घर भएका ४३ वर्षीय साह इनारमा खसेका थिए। प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरेन्द्र गोदारसहित १२ प्रहरी खटिएर उनको उद्धार गरेको हो । उनलाई सिभिल अस्पताल भर्ना गरिएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ। साह बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 
 

सुझावित समाचार