सिटिजन्सका ग्राहकलाई जननी क्लिनिकमा छुट

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबिच छुटसम्बन्धी समझदारी भएको छ । समझदारीपश्चात् बैंकका ग्राहकले जननी फर्टिलिटीमा छुट पाउने भएका छन् । जसअन्तर्गत औषधिमा ५, प्याथोलोजी टेस्टमा १० र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यस्ता सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहित गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइरहेको  जनाएको छ । 

सुझावित समाचार