मन्त्रिपरिषद् बैठक : मिटरब्याजसम्बन्धी अर्काे आयोग गठन

बुधबार, २८ फागुन, २०८१
डिजिटल संस्करण

 सरकारले मिटरब्याजसम्बन्धि  अर्काे जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा यस्तो आयोग गठन गरेको हो । 

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।  

यसअघि तेजबहादुर कार्की नेतृत्वको आयोगलाई निष्कृय बनाई सरकारले नयाँ आयोग गठन गरेको हो। 

सुझावित समाचार