सप्तरीमा सोमबार राति विंगर र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार राति राजविराजबाट सिगियौनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६–००१ प २६२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक राजविराज–१२ का २२ वर्षीय घनश्याम यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राजविराजमा प्राथमिक उपचारपछि विराटनरस्थित न्युरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, हुलाकी राजमार्गअन्तर्गत महुलीबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको विंगर राजविराज–१, पडरियामा अनियन्त्रित भई दुर्घटना हुँदा चालक रुपनी गाउँपालिका– १ का ३५ वर्षीय रघु यादवको मृत्यु भएको हो।
सहचालक शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवसुन्दर साह भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।