अन्तर क्लब पुरुष टी–२० क्रिकेट: फाइनलमा लेखनाथ र माछापुच्छ्रे

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

लेखनाथ युथ क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब पोखरामा जारी दोस्रो अन्तर क्लब पुरुष टी–२० क्रिकेट प्रतियोगिता ०८१ को फाइनलमा पुगेका छन् ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै लेखनाथले उपाधिका लागि माछापुच्छ्रेसँगको भेट पक्का गरेको हो । यसअघि शनिबार सम्पन्न खेलमा राइजिङ क्रिकेट क्लबलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रेले अन्तिम दुईमा स्थान बनाएको थियो ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको लेखनाथले १९.४ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रनको योगफल तयार गरेको थियो। १३६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदान उत्रेको कास्की क्रिकेट क्लब १९ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ११२ रनमा सीमित हुन पुगेको थियो ।

खेलमा लेखनाथका लागि प्लेयर अफ द म्याचसमेत रहेका दीपक बरालले २५ बलमा ३९ र प्रदीप तामाङले २१ बलमा २० रन बनाउँदा कास्कीका आदित्य थापाले ४४ बलमा ३३ रन बनाएका थिए ।

कास्कीका आदित्य थापाले २० रन खर्चे ४ विकेट हात पार्दा लेखनाथका विशाल पौडेल, महेश मण्डल र दीपक बरालले समान २/२ विकेट हात पारेका आयोजक संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए । 
 

सुझावित समाचार