सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको आज आइतबारको बैठकमा अध्यक्ष दाहालले शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्।

उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिए।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गरे।

राष्ट्रिय सभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५ बजे हुनेछ।

सुझावित समाचार