पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ। 

‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ । तर, प्रदूषण हट्ने गरी वर्षा भएको छैन,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ ।’

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज आइतबार काठमाडौं विश्वको पाँचौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । आइतबार यहाँको वायु प्रदूषण १६३ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सूचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बंगलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । 

सुझावित समाचार