युगान्डामा जारी महिला टी–२० आई शृंखलामा नेपालले पहिलो जित निकालेको छ। पहिलो खेलमा नामिबियासँग पराजित नेपालले आइतबार घरेलु टोली युगान्डामाथि एक विकेटको जित निकालेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनको सामान्य याेगफल बनाएकाे थियो। जवाफी ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा नौ विकेट गुमाएर ७६ रन बनायो।
युगान्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन जाेड्दा नेपाली बलर पूजा महतोले तीन र इन्दु बर्माले दुई विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा नेपालकी साना प्रविनले सर्वाधिक रन बनाइन्। ३६ बल सामना गरेकी उनी १७ रन जोडेर पेभिलियन फर्किइन्। पूजा महतोले १६ र रुविना क्षेत्रीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।