विराट गोल्डकप : आज पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्री स्टार भिड्दै

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरमा जारी नवाैँ विराट गोल्डकपको पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । आइतबार साँझ सहिद रंगशालामा विभागीय फुटबल टोली त्रिभुवन आर्मी र थ्री स्टार क्लब काठमाडाैं  फाइनलमा पुग्नका लागि पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।   

आर्मी आयोजक रिजालको मोरङलाई  पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।  थ्री स्टारले  ‘डिफेन्डिङ च्याम्पियन’ मच्छिन्द्र क्लबलाई हराउँदै सेमिफाइनल पुगेको थियो । 

शनिबार चर्च ब्वाइज फुटबल क्लबले एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको छ । २६ फागुन सोमबार फाइनलका लागि नेपाल पुलिससँग चर्च ब्वाइजले  दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।      
 
  
 

सुझावित समाचार