प्रभु क्यापिटल लिमिटेडले महिलालाई सम्मान गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेको हो ।
‘सबै महिला र चेलीबेटीका लागि ः अधिकार, समानता र सशक्तीकरण’ विषयमा ऐक्यबद्घता जनाउँदै कम्पनीका प्रबन्ध निर्देशक आशिष गौचन तथा सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले महिलाको परिश्रम तथा उपलब्धिको कदर गर्दै नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने असाधारण महिलाका रूपमा सम्मानित गरेका हुन् ।
कम्पनीले सम्मान गरेका महिलामा पूर्वमिस नेपाल सुगारिका केसी, मिडिया पर्सनालिटी तथा उद्यमी सरिता ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता पलेशा गोवर्धन रहेका छन् ।
त्यसैगरी, ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी, उद्यमी संगीता पाण्डे, टेक बिजनेस अलोई सोनिका मानन्धर र नेपाल महिला उद्यमी संघ, ललितपुरकी निवर्तमान अध्यक्ष रम्भा श्रेष्ठ रहेका छन् । प्रभु क्यापिटल मर्चेन्टसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो । यो कम्पनीले पुँजी बजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम प्रदान गर्र्दै आइरहेको छ ।