कुलमान हटाउने सरकारको प्रयासबारे गगन थापा–मन्त्रीहरू नचाहिने काममा लाग्नुहुँदैन [भिडियाेसहित]

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण
कुलमान हटाउने सरकारको प्रयासबारे गगन थापा–मन्त्रीहरू नचाहिने काममा लाग्नुहुँदैन [भिडियाेसहित]

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सेवा निवृत्त हुन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरेर सरकारले नचाहिने काम गरिरहेको बताएका छन्।

शनिबार सिन्धुली १ को क्षेत्रीय सम्मेलनलाई बेलघारीमा सम्बोधन गर्दै थापाले यस्ता नचाहिने काम गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले रोक्नुपर्ने प्रष्ट पारे। तीन–चार महिनामा घिसिङ सेवा निवृत्त हुने उल्लेख गर्दै थापाले त्यसपछि अर्को व्यक्ति नियुक्त गर्न थापाले सरकारलाई सुझाव दिए।

‘मैले बुझ्न सकेको छैन बदनियत हो कि ढंग नपुगेको, बेढंग हो ? तीन–चार महिनामा सेवानिवृत्त हुने, सेवानिवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने,’ उनले भने, ‘सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ। किचिकिच किचकिच गरिरहेको देखिन्छ। यस्ता कुराहरु ठिक होइनन्। उपयुक्त हुँदैनन्। यस्ता नचाहिने काममा कुनै पनि नेताहरु लाग्नुहुँदैन। मन्त्रीहरु नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो।’

सुझावित समाचार