कुलमानलाई हटाउन खोजेको विरोधमा बुटवलमा प्रदर्शन

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अनेक षड्यन्त्र गरिरहेको भन्दै बुटवलमा चक्काजामसहित विरोध प्रदर्शन गरिएको छ।

बुटवलको तामनगरस्थित पूर्व–पश्चिम राजमार्गमा ३० मिनेट चक्काजामसहित प्रदर्शन गरिएको हो। तामनगर ब्याडमिन्टन क्लब र इभोलुसन क्लब अफ बुटवलसहित विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो।

दैनिक १८ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीसहित सरकार नै लागिपरेको भन्दै नागरिकले विरोध गरिरहेका छन्।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने घिसिङलाई हटाए शासकहरुको ठूलो मूल्य चुकाउनुपर्ने भन्दै प्रदर्शनकारीले सबै नागरिकलाई घिसिङलाई साथ दिन आह्वान गर्दै नारा लगाएका थिए।

सुझावित समाचार