विराट गोल्डकप : सेमिफाइनलका लागि चर्च ब्वाइज र एनआरटी भिड्दै

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरमा जारी विराट गोल्डकपअन्तर्गत शनिबारको अन्तिम क्वाटरफाइनल खेलमा चर्च व्वाईज युनाईट र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ।  विराटनगरको सहिद रंगशालामा शनिबार साँझ सम्पन्न हुने अन्तिम क्वाटरफाइनल खेलमा सेमिफाइनलका लागि दुबै ए डिभिजन क्लबको  राष्ट्रिय फुटबल टिम रहेको र दुबैमा अनुभवी खेलाडी भएकोले प्रस्पिर्धा रोचक हुने आयोजकले जनाएको छ। 

शुक्रबारको खेलामा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको छ। जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

आज महिलालाई निःशुल्क प्रवेश 
१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क प्रवेश दिनेछ। नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने  महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए ।  
 

सुझावित समाचार