चैतेधानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको निर्णय

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्ष ०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भने, ‘१८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ’

सुझावित समाचार