सरकार एकल जातीय र एकल समुदायको नेतृत्व गर्न खोजिरहेको छ : अमरेशकुमार सिंह

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

सांसद अमरेशकुमार सिंहले अहिलेको सरकारले एकल जातीय र एकल समुदायको नेतृत्व गर्न खोजिरहेको  आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सिंहले कांग्रेस–एमालेले माघ १९ को घटना घटाएको भन्दै फेरि कांग्रेस–एमाले प्रतिगमनकारी शक्तिसँग मिलेर संविधानको समावेशी सिद्धान्तलाई कुल्चिँदै एकल जातीय एकल समुदायको नेतृत्व गर्न खोजेको आशंका व्यक्त गरे ।

उनले मन्त्रिपरिषदको निर्णयले सरकारको सहसचिव डाक्टर संगीता मिश्रलाई बढुवा नगरेर संविधान च्यात्ने काम गरेको आरोप लगाए। उनले डाक्टर संगीता मिश्रको गल्ती के थियो ? भनेर प्रश्न गरे। मधेशी समुदायमा जन्मिनु  गल्ती कि ? महिला भएर जन्मिनु गल्ती हो ? भनेर सरकारसँग प्रश्न गरे। उनले स्वास्थ्यमन्त्रीको बर्खास्तीको मागसमेत गरेका छन्। 

सुझावित समाचार