राष्ट्रिय सभा सुरु, पाँचवटा अध्यादेश पेस हुँदै

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई बैठकमा पेस गर्न लागिएको हो। यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन्।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ। आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेस हुनेछ।

सुझावित समाचार