कपिलवस्तुको मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइनको निर्माण कार्य सम्पन्न भएको छ । डबल सर्किट लाइनको नयाँ भवनको समेत समुद्घाटन गरिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार भवनको उद्घाटन गरेका हुन् ।
लामो अवरोधपछि मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन निर्माण कार्य सम्पन्न हुनुमा सरकार र गृह मन्त्रालयमातहतका निकायको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कुलमानले धन्यवाद प्रकट गरे।
डबल सर्किट लाइनको निर्माणकार्य सम्पन्न भएसँगै सदरमुकाम तौलिहवालगायत कपिलवस्तुका दक्षिणतर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत् उपलब्ध हुनेछ।
