उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउन सांसद झाकाे माग

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त १०३ जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधाबापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।  ‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ?’ उनले प्रश्न गरे । 
   
सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरू प्रभावित भएको बताए। उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।
   

सुझावित समाचार