कजारिया टायल्सको नयाँ सोरुम सतुंगलमा

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

भारतको अग्रणी टाइल निर्माता कजारियाले सतुंगल, काठमाडौंमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र सोही नगरपालिका वडा नं ११ का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । नयाँ सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने कजारियाले जनाएको छ । 

समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीण सिंहले नयाँ सोरुम उद्घाटनप्रति उत्साह व्यक्त गर्दै भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार हो । यसले घरधनी, आर्किटेक्ट र निर्माणकर्तालाई उच्च गुणस्तरका टायल प्रदान गर्नेछ । हामी आफ्ना नवीनतम र मजबुत उत्पादनलाई ग्राहकसम्म ल्याउन पाउँदा खुसी छौँ ।’

सोरुम विस्तारसँगै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउन लागिपरेको कजारियाले जनाएको छ । कम्पनीका अनुसार प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यको निरन्तरतास्वरूप सतुंगलमा सोरुम सञ्चालनमा आएको हो । 

रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा टायल उत्पादन प्लान्ट स्थापना गरेको बताइएको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य अघि सारेको कम्पनीले चार अर्ब रुपैयाँ लगानी गरेको छ । 

यस उद्योगले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने कम्पनीको दाबी छ । ‘यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसर प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ,’ सिंहले भने ।
 

See More On

सुझावित समाचार