हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको स्वास्थ्यमा सुधार

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्। 

आइतबार राति हृदयघात भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियूमा राखेर उनको उपचार भइरहेको छ। डा. यादव भट्टलगायत चिकित्सक उनको उपचारमा संलग्न छन्। 

यसअघि पनि पारसलाई तीनपटकसम्म हृदयघात भएको थियो। 
 

सुझावित समाचार