कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीका लागि सक्रिय रहनुपर्ने प्रहरी स्वयं जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नवीन यादव जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका यादवविरुद्ध १५ फागुनमा थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट म्याद लिइएको जानकारी दिए।
उनका अनुसार आरोपी यादवलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
पीडित महिलाले यादवविरुद्ध विवाह गर्ने प्रलोभन दिँदै प्रहरी जवान यादवले पछिल्लो दुई वर्षदेखि पटक-पटक करणी गरेको आरोपसहित जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।