सप्तरीमा आतंक मच्चाएको बाघ नियन्त्रणमा

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

सप्तरीको सप्तकोशी नगरपालिका– १ फत्तेपुरस्थित खोरियाटोलमा बिहान ६ बजेदेखि आतंक मच्चाएको बाघ तत्कालका लागि नियन्त्रणमा आएको छ।

स्थानीय पर्शुराम खड्काको गोठमा रहेको बाघ जालमा पारेर समाउन खोज्दा उम्किएर भागेको थियो। भाग्ने क्रममा छिमेकी भरत विष्टको घरमा पसेको बाघलाई अहिले सोही घरमा ढोका थुनेर राखिएको छ।

बाघ समाउने क्रममा स्थानीय स–मिलमा काम गर्ने मिस्त्रीसहित थप तीनजना घाइते भएका छन्। योसँगै बाघको आक्रमणबाट घाइते हुनेको संख्या ६ पुगेको छ।

यता, बाघ नियन्त्रणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षको प्राविधिक टोली फत्तेपुर पुग्नै लागेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ। आधा घण्टाभित्र आरक्षको टोली घटनास्थल पुग्ने चौकी इन्चार्ज सइ पन्नालाल चौधरीले जानकारी दिए।

सुझावित समाचार