भेरीगंगा नगरपालिका– ९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

सुर्खेतको भेरीगंगा नगरपालिका– ९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो। 

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचारत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

नगरप्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउने प्रक्रियामा रहेको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोगसम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सुझावित समाचार