च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराएसँगै सेमिफाइन समीकरण तय भएको हो।
यो जितसँगै भारत समूह चरणका तीनैवटा खेल जितेर समूहको ‘ए’को विजेता बनेको छ भने अस्ट्रेलिया समूह ‘बी’को उपविजेता बनेको थियो। भारत र अस्ट्रेलियाबिचको सेमिफाइनल मंगलबार दुबईमा हुनेछ ।
त्यस्तै, समूह ‘बी’को विजेता बनेको दक्षिण अफ्रिका र समूह ‘ए’को उपविजेता रहेको न्युजिल्यान्डबिच सेमिफाइनलको अर्काे प्रतिस्पर्धा हुनेछ।