इटालीलाई विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाएका गोलरक्षक जियानलुजी बुफोन नेपाल आइपुगेका छन्। तेस्रो संस्करणको केपी ओली कपको फाइनल हेर्न उनी नेपाल आएका हुन्।
विश्व फुटबलकै उत्कृष्ट गोलरक्षक मानिने बुफोनले इटालीलाई सन् २००६ को फिफा विश्वकपको उपाधि जिताएका थिए। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेलेका गोलरक्षक बुफोनले इटालीका लागि ८० खेलमा कप्तानी गरेका थिए। उनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका छन्।
आइतबार नेपाल आएका बुफोनले भोलि सोमबार दशरथ रंगशालामा हुने केपी ओली कपको फाइनल हेर्नेछन्। भोलि नै प्रधानमन्त्री केपी ओलीसँग भेट गरी उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।