क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकलाई लक्षित गरी ब्रोकर नम्बर ६२ ले पोखरा, न्युरोडमा शाखा विस्तार गरेको हो ।
क्यापिटल म्याक्सका अध्यक्ष अतीतलाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियमभित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा–सुविधा दिने उद्देश्यअनुरूप पोखरामा पहिलो शाखा खोलेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रूपमा सेवा–सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’ काठमाडौंपछि देशका अन्य सहरहरूमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्तासमक्ष क्यापिटल म्याक्सको सेवा–सुविधा सहज रूपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ, भोलिका दिनमा अझ परिष्कृत सेवा–सुविधा लिएर लगानीकर्तासमक्ष आउनेछौँ ।’
क्यापिटल म्याक्सका अनुसार अटो कोल्याटर लोड सुविधा अर्थात् लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकमबराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन् भने आफूले सेयर बिक्री गर्दा भएको नाफा–घाटा, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउन सकिनेछ ।