समृद्ध नेपालका लागि सुरक्षित संरचना : मन्त्री दाहाल

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि अब बन्ने संरचना पनि सुरक्षित र दिगो हुनुपर्ने बताएका छन् । कुनै पनि संरचना गर्दा ठुलो धनराशि र समयसमेत खर्च हुने भएकाले लागतको तुलनामा अधिक प्रतिफल दिने सुरक्षित संरचना बनाउनेतर्फ ध्यान जानुपर्ने उनको भनाइ छ । 

स्किल सेवाले काठमाडौंमा आयोजना गरेको तीनदिने ‘नेसनल घर निर्माण फेस्ट’को शनिबार भएको समापन समारोहमा मन्त्री दाहालले सरकारी र सार्वजनिक संरचना मात्र नभई निजी, आवासीय, सामुदायका तथा सबै प्रकारका संरचना दिगो बनाइनुपर्ने बताए । नेपाल भूकम्पीय जोखिम भएको मुलुक भएकाले भवन निर्माण संहिताको पूर्ण पालना, विश्वस्तरीय प्रविधिको उपयोग तथा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी दिगो र सुरक्षित निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईं, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतले मन्तव्य राखेका थिए । तीन दिन चलेको कार्यक्रममा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

सुझावित समाचार