‘नो केबलकार’ समूहको आन्दोलन जारी

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लाको पाथीभरामा केबलकार बनाउनुहुँदैन भन्दै आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले शनिबार(आज) कोशी प्रदेश र मधेश प्रदेशभरि प्रदर्शन र जुलुस गरिरहेका छन् । समूहको आन्दोलनको कार्यक्रमअनुसार फागुन १७ गते शनिबार(आज) कोशीका १४ वटै जिल्ला तथा मधेशमा जनप्रदर्शन र विरोध गरिरहेको मुक्कुम्लुङ अभियन्ता राम मादेनले जानकारी दिए । मादेनले फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने बताए ।

मादेनले केबलकार खारेजीबाहेकका विकल्प नभएको, तर वार्ताको टेबलमा बसेपछि वार्ता टोलीले नै सुल्झाउने जानकारी दिए। बसेपछि सहमतिको आधारमा गरिने जानकारी दिए। मिति नतोकिएको कार्यक्रमअन्तर्गत ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायब उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने गरी आन्दोलनरत पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

आन्दोलनरत पक्षले शनिबार(आज) देखि आन्दोलनको कार्यक्रम कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम रहेको लिम्बूले बताए। वार्तामा बस्नुअघि ‘नो केबलकार’ पक्षले एक विज्ञप्ति सर्वाजनिक गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ, केबलकार निर्माण क्षेत्रबाट सुरक्षा फौज फिर्ता र केबलकार निर्माण कार्य बन्द गरी त्यहाँबाट निर्माण सामग्री र उपकरण तथा निर्माणमा खटिएका जनशक्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन्।

‘नो केबलकार’ पक्षसँग वार्ताका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह सहसचिव प्रेमप्रसाद भट्टराईले गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका (जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूबिच भएको छलफलको अपडेट लिएर सोही आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको जानकारी दिए। आन्दोलनरत पक्षले भने मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्नेसहितका ४ बुँदे सर्त अघि सारेको छ। उसले बिहीबार दिउँसो दोस्रो चरणका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ। 

नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै सहसचिव भट्टराईले आइतबार आन्दोलनरत पक्षलाई औपचारिक-पत्र लेख्ने र सोमबार वार्तामा बस्ने गरी सरकारी टोलीको तयारी रहेको बताए। सहसचिव भट्टराईले ‘माननीय गृहमन्त्रीज्यू र कोशी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीयज्यूहरूबिच भएको छलफल र छलफलबाट प्राप्त रायका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेका छौँ,’ बताए। सरकारी वार्ता टोलीका तर्फबाट बिहीबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने भनिएको थियो, तर संघीय सांसद र गृहमन्त्रीको छलफलको अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र पठाइने भएकाले ढिला भएकोसमेत जानकारी दिए । 
 

सुझावित समाचार